तेह्रैँ साग ः जित्ने मनोबलसँगै महिला फुटबल टोलीको ‘ओपनिङ टच’

६ बर्ष अगाडि

पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर १७ देखि हुँदैछ । फुटबल मैदानको काम केही बाँकी भए पनि प्यारापिट लगायतका काम शनिबार सकिएको थियो ।

मैदान बाहिरको सिन्थेटिक एथ्लेटिक ट्रयाक वरिपरि काम भइरहेको छ । माछापुच्छे« हिमालको काखमा सिङ्गारिएको नवनिर्मित फुटबल मैदानमा नेपाली महिला फुटबल टोलीले ‘ओपनिङ टच’ गरेका हुन् ।   प्रशिक्षक हरि खड्काले पोखराको सुन्दरतासँग खेलाडीले निकै आनन्द महशुश गरेको बताउँदै भन्ने,फुटबल मैदानको केही काम निर्माण हुँदैछन् ।

यो खुलेको हिमाल मुनि ‘ओपनिङ टच’ले खेलाडीमा आत्मविश्वास बढाएको छ । सागका अघिल्ला संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो । घरेलु मैदानमा अघिल्ला खेलको बदला लिएर जित हासिल पार्ने दाउमा खेलाडी छन् । खड्काले यसपाली खेलाडीले निकै मेहनत गरेकाले जित्नेमा ढुक्क भएको बताए ।

नेपालसँग भिड्ने भारत पनि बलियो प्रतिद्वन्द्वी नभएकाले हाम्रो मेहनतले सोचेजस्तै सफलता हासिल गर्नेमा ढुक्क छौँ । उनले भन्ने, भारतीय र नेपाली टोलीको स्तर एउटै हो । अहिले साफ च्याम्पियनसिपदेखिको परिश्रमलाई उपयोग गरेर उपाधि जित्न चाहन्छौँ ।

टोलीका लागि स्ट्राइकरको जिम्मेवारी सम्हाल्नुभएका सावित्रा भण्डारीले पनि मेहनत राम्रो गरेकाले खेल जित्ने विश्वास व्यक्त गरे । अघिल्ला खेलमा देखिएका गल्ती यो खेलमा दोहोरिने छैनन्, सुधारले नतिजा राम्रै हुनेमा आशावादी छौँ । घरेलु मैदानको फाइदा उठाउँदै नेपालीलाई खुशी दिलाउन आफुहरुले निकै मेहनत गरेको उनको भनाइ छ ।

साग महिला फुटबलको पहिलो खेलमा नेपालले श्रीलङ्कासँग भिड्ने छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशमात्रै सहभागी भएकाले राउन्ड रोबिन लिगका आधारमा खेल हुने फुटबल प्रशिक्षक शम्भु केसीले जानकारी दिए ।        
 

६ बर्ष अगाडि

प्रतिक्रिया