राष्ट्रपतिबाट आज सागको भव्य उद्घाटन हुँदै

६ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गर्दै हुनुहुन्छ ।

करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम आजै सम्पन्न भइसकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया