गुराँस लघुवित्त वित्तीय संस्थाले ८.०१ प्रतिशत लाभांश दिने भएको छ ।
शनिबार धनकुटामा सम्पन्न चौंथो साधारण सभाले ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
रु ७ करोड ७५ लाख चुक्ता पूँजीबाट बोनस शेयर वितरण गरेपछि गुराँसको चुक्ता पूँजी रु. ८ करोड ३४ लाख पुग्ने भएको छ ।
साधारण सभाले १ नं प्रदेशका १० जिल्लामा काम गरिरहेको लघुवित्तको कार्यक्षेत्र ४ जिल्ला थप गरी प्रदेश नं. १ का प्रदेश स्तरीय बनाएको छ ।
संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई रु.७० करोड भन्दा बढी कर्जा प्रवाह गरी रु.११ करोड भन्दा बढी बचत परिचालन गरेको छ ।
साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ ।
प्रतिक्रिया