यो हो अझै प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक नगर्ने बीमा कम्पनी

६ बर्ष अगाडि

काठमाडौं –  बीमा कम्पनीहरुले पनि त्रैमास सकिएको एक महिना भित्र त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, दि ओरियण्टल इन्स्योरेन्सले अझै पनि चालु आवको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजकि गरेको छैन ।
गत कात्तिक मसान्त  भित्र कम्पनीले वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने थियो । उक्त कम्पनीले गत आवको चौथो त्रैमासको वित्तय विवरण समेत सार्वजनिक गरेको छैन । कम्पनीको आधिकारीक वेवसाइटमा गत आवको तेस्रो त्रैमाससम्मको मात्र वित्तिय विवरण देख्न सकिन्छ, जसअनुसार दि ओरियण्टलले गत आवको चौथो त्रैमासको पनि वित्तिय विवरण सार्वजनिक नगरेको पुष्टी हुन्छ । 
भारतीय बीमा कम्पनी दि ओरियण्टल इन्स्योरेन्सको शाखा कार्यलयको रुपमा रहेको यस कम्पनीले पहिले देखि नै वित्तिय विवरण सार्वजनिक गर्ने बिषयमा ढिलाई गर्दै आएको छ । तर, नियामक निकाय बीमा समिति लगायत सम्बन्धी निकायहरु भने यस बिषयमा अझै मुकदर्शक भएका बसेका छन् । 
साथै, समग्रमा अन्य बीमा कम्पनीहरुले पनि समयमा यस्तो विवरण सार्वजनिक गर्दैनन् । बैंकहरुले त्रैमास सकिएको एक महिना भित्र नै यस्तो विवरण सार्वजनिक गर्छन् । तर, बीमा कम्पनीहरु यस बिषयमा पहिले देखिनै वेवास्ता गर्दै आएका छन् । 
त्यसमाथि नियामक निकायले पनि कुनै दवाव सृजना नगर्दा बीमा कम्पनीहरूलाई थप हौसला मिलेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया