एनसेलको बोनस डेटाबाट निःशुल्क भिडियो हेर्न पाउने

६ बर्ष अगाडि

एनसेलको मेरो प्लान लिएका ग्राहकहरुले निःशुल्क युट्युब भिडियो हेर्न पाउने भएका छन् । 

प्रिपेड ग्राहकका लागि एनसेलले आकर्षक ‘बोनस डेटा योजना’ अन्तर्गत निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको सुविधा दिएको हो । 

यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ ।

जस अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
 
यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । 

त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् ।

त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् ।
 
सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई  थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।  
 
एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । 

यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । 

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरि योजनाको मजा लिन सक्नेछन् ।  

६ बर्ष अगाडि

प्रतिक्रिया