काठमाडौं – नक्कली सरकारी कागजातहरू, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमती लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाउने सक्रिय गिरोहलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) ले पक्राउ गरेको छ । सीआईवीले नक्कली कागजपत्र बनाएर सर्वसाधरणबाट ठुलो रकम असुल गरेको बिशेष सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सविन कुमार तोलाङ्गी (ओखलढुंगा), अमृत सुर्खेती (चितवन) र मधु सुदन दवाडी ( धादिङ) रहेका छन् । उनीहरु सबै फोटा स्टीडीयो सञ्चालक हुन् । तोलाङ्गी श्रेष्ठ फोटो स्टुडियोबाट पक्राउ परेका हुन् । यस्तै, सुर्खेती स्टार फोटो स्टुडियो (सिनामंगल) र दवाडी दुवाडी डिजिटल फोटो स्टुडियोका सञ्चालक हुन् ।
सीआईबीकाअनुसार गत मंसिर १२ गते उनीहरू काठमाडौंको बिभिन्न ठाउँमा रहेको फोटो स्टुडियोबाट उनीहरु पक्राउ परेका हुन् । हाल उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रहरीले उनीहरुबाट प्रहरी प्रधान कार्यालयको लेटर प्याडमा तयार भएको पोलिस रिपोर्टहरु, प्लस टुको सम्पुर्ण एकाडेमिक सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हात हतियार तालिम, बिशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयहरूको जिल्ला स्तरीय परिक्षाको सर्टिफिकेट, नेपाल आर्मीको बिशेष सिफारिस, विभिन्न महानगरीय प्रहरी वृतहरूको लेटर, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्रहरू, काठमाण्डौ महानगरपालिकाको सहिछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयहरूका लेटर प्याडहरूमा लेखिएको पत्रहरू, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थाई लेखा नम्बरको प्रमाण पत्र जस्ता किर्ते कागजपत्र बरामद गरिसकेको छ ।
यो घटना मुलुकि अपराध संहिता २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसूर अन्तर्गत दफा २७६ विपरीत कसूर भएको हुदा ७ बर्ष सम्म कैद र ७० हजार सम्म जरिवाना हुन सक्नेछ ।
प्रतिक्रिया