पोखरा – पोखरा महानगरपालिका २० मौजामा नाली खन्ने क्रममा पुरिएका ५ जनाको मृत्यु भएको छ । सडकको नालि खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिजबहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, र दोभान बस्नेत रहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
नाली खन्ने क्रममा एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएका थिए । नाली खन्न मजदुर ६ मध्ये १ जना भागेर बाँच्न सफल भएका छन् । उनलाई सामान्य चोट लागेको उनले जानकारी दिए । १ जना भागेर बाँच्न सफल भएका खिमलाल बस्नेत रहेको खुलेको छ ।
पुरिने मजदुर सबै सल्यानको बागचौर नगरपालिका ४ पेदीखोला स्थायी ठेगान भई हाल पोखरामा मजदुरी गर्दै आई रहेका थिए । पुरिएका ५ मध्ये तोभान बस्नेत, खिमलाल बस्नेत र गणेश ओलीको शव झिकि सकेको वडाध्यक्ष गुुरुङले जानकारी दिए ।
उद्दारका लागि सशस्त्र प्रहरी र आर्मी पनि खटिएको उनले जानकारी दिए । बाँकि २ को शव निकाल्ने क्रम जारी छ ।
प्रतिक्रिया