नाली खन्ने क्रममा ५ जना पुरिए, १ जनाको शव झिकियो

६ बर्ष अगाडि

पोखरा – पोखरा महानगरपालिका २० भलाममा नाली खन्ने क्रममा ५ जना पुरिएका छन् । पुरिएका ५ मध्ये १ जना झिक्दा मृत्यु भएको छ ।

वडाध्यक्ष सिम गुरुङका अनुसार बाकी ४ लाई उद्दार गर्न बाकी छ । सडकको रिटर्निङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट ढिस्को आएर पुरिएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट अहिले उद्दारका लागि प्रहरी टोलि जाँदै गरेको डिएसपी राजकुमार केसिले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया