प्रम ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि बिदेश लगिने

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गौला परीक्षण भइरहेको छ।

उनको स्वास्थ्य स्थितिबारे जानकारी दिन क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भएपछि प्रत्यारोपण गर्ने तयारी भइरहेको जानकारी दिएका थिइन्।

प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरू छलफलमा जुटेका छन्। शल्यक्रियाको घाउ निको भएलगत्तै मिर्गौला प्रत्यारोपणका लागि उनलाई विदेश लाने भनिए पनि कुन देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ। 
नागरिक दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया