सुनसरीको हरिपुरमा गएराति एउटा भयानक दुर्घटना भएको छ ।
वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो।
प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालले सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्। दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया