पोखरामा बम कान्ड: फेरि अर्को पड्क्यो

६ बर्ष अगाडि

पोखरा – पोखरामा फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा १६ चन्डिकामा बम बिस्फोट भएको हो । 

पोखरा १६ चन्डिकाको चन्डिका आधारभुत विद्यालय नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । मतदान सुरु भएपछि पोखरा ९ नयाँबजारको नव प्रभात मावी, पोखरा ३३ बागमाराको सरस्वती टीका मावी र पोखरा १६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया