सुर्खेतबाट चरेससहित तीन पक्राउ

६ बर्ष अगाडि

लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो ।

चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

शुक्रबार मध्याह्नतिर प्रहरीले होटल छापा मारेको थियो,प्रहरी उपरीक्षक पन्तले भन्ने,त्यही क्रममा उनीहरु तीनैलाई होटलमा चरेस खरीद बिक्री गर्ने अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।     
  
 

६ बर्ष अगाडि

प्रतिक्रिया