किर्तिपुर महानगरपालिकाका सिभिल ईन्जिनियर उपेन्द्र बहादुर साउद प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका साउदले सवारी जाँचमा बसेको प्रहरीलाई रु १ हजार घुस दिन खोजेपछि पक्राउ परेका हुन् ।
बाजुरा त्रिबेणी नगरपालिका–४ का साउदलाई गएराती प्रहरीले कलंकी खसीबजारबाट पक्राउ गरेको जनाएको छ ।
उनीसँगै ललितपुर गोदावरी नगरपालिका–१० का महेश पण्डित पनि पक्राउ परेका छन् ।
बा . ८८ प ७५८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले प्रहरीले जाँच गर्ने क्रममा मदिरा सेवन गरी चलाएको फेला पारेको थियो ।
कागजपत्र माग्ने क्रममा उनीहरुले रु १ हजार दिएर प्रलोभनमा पार्न खोजेपछि दुबैजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया