मेघा बैंक बन्यो  ‘बैंक अफ दि एयर २०१९

६ बर्ष अगाडि

मेघा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । 
९० बर्षभन्दा बढिको इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘ द बैंकर ’ले सन २०१९ का लागी  ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।
‘ द बैंकर ’ बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका हो ।

लण्डनमा बिहीबार साँझ आयोजित एक समारोहका बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरे ।

‘ द बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंक छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।  

सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रूपमा ग्राहक वर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्त्वपूर्ण कोशेढुंगाको रूपमा स्थापित भएको व्यहोरा व्यक्त गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया