साधना लघुवित्तको आइपिओ आउँदै

६ बर्ष अगाडि

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाले कूल ६ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सो मात्राको सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सेयर निष्काशन गर्ने सम्बन्धी बिहीबार दुई संस्थाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा साधना लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रेशम न्यौपाने र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट सीईओ पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् ।

हाल १४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाले प्रतिकित्ता १०० रुपैयाँको ६ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । ६ करोड ३० लाख रुपैयाँ आईपीओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ पुग्ने लघुवित्तले जनाएको छ ।

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमारहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ती गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया