जन्तीलाई स्वागत गर्न राष्ट्रपति

६ बर्ष अगाडि

भारतको अयोध्याबाट आएका जन्तीलाई  स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छन् । 

विवाहपञ्चमी महोत्सवका लागि आएका जन्तीलाई  स्वागत गर्न राष्ट्रपति भण्डारी जनपुर पुगेकी हुन् । 

११ बजेर २० मिनेटमा पुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अराधना समेत गरिन् । 

दिवा भोजको लागि मुख्यमन्त्री कार्यालय पुगेकी उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत संग भेटघाट गर्ने कार्यक्रम छ । 

त्यसपछि भण्डारीले रङ्गभुमी मैदानमा सम्बोधन गरि  अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्नेछिन ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया