ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेसंगै बैंकको एटिएम संख्या १५१ पुगेको छ ।
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरे । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा शाखासहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ प्रतिनीधी कार्यालय मार्फतसेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया