सुर्योदय लघुवित्त वित्तीय संस्था र त्रिलोक लघुवित्त वित्तीय संस्था मर्जरको अन्तिम चरणमा पुगेका छन् ।
मर्जरका लागी दुबै संथाले पुस ५ गते साधारण सभा बोलाएका छन । साधारणसभामा मर्जरको विशेष प्रस्ताबमा छलफल हुनेछ । मर्जर पछि त्रिलोकका सबै कारोबार सुर्योदयको नामबाट हुने छ ।
सूर्योदय लघुवित्तले चुक्ता पुँजीको ४४.४७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्नेछ । बोनस शेयरपछि संस्थाको पुँजी १५ करोड ५९ लाख रूपैयाँ पुग्नेछ । बोनस शेयरसँगै मर्जरपछि सूर्योदयको चुक्ता पुँजी २१ करोड ५० लाख रुपैयाँ कायम हुनेछ ।
संस्थाले मर्जरपछि कायम भएको पुँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दैछ ।
मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय पोखरामा राख्ने सहमति छ ।
कूल २३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, रु २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, रु ७३ करोड बचत र रु १७ करोड शेयर पूँजी पुग्ने छ ।
प्रतिक्रिया