पोखरा फाईनान्सका शेयरधनीले तीन बर्ष यताकै उच्च लाभांश दिने भएको छ ।
फाईनान्सले १४.२० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा शेयरधनीलाई ७.२० प्रतिशत नगत र बाँकी बोनस शेयर दिने भएको हो ।
फाइनान्सको सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार फाइनान्सको शेयर पूँजी ८५ करोड ७२ लाख रूपैयाँ छ । पहिलो त्रैमासमा फाइनान्सको नाफा २९ करोड ३५ लाख रुपैयाँ छ ।
गत वर्ष संस्थाले ३० करोड रूपैयाँ नाफा गरेको थियो । राष्ट्र बैंकबाट ( ग )वर्गको इजाजत प्राप्त कम्पनीको मुख्य कार्यालय पोखराको न्युरोडमा छ ।
प्रतिक्रिया