उद्घाटन समारोहमा नेपालको झण्डा पारसले बोक्ने

६ बर्ष अगाडि

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्‌घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। 

सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो। 

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ। 

करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ। सो मार्चपासमा नेपालको राष्ट्रिय झन्डा बोक्न पारसले गर्न सिफारिस गरिएको हो।

प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका करिब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम सुरू भइसकेको छ।


सागलाई सफल तुल्याउन करिब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया