सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
जिप्रका दैलेखका इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरण आनन बाँकी ।
प्रतिक्रिया