नोभेम्वरमा शेयर बजारमा ठुलो ह्रासः ३३.३८ विन्दुले घट्यो नेप्से

६ बर्ष अगाडि

काठमाडौं – नोभेम्वरमा नेपाल स्टक एक्सचेन्ज (नेप्स) ३३ दशमलव ३८ प्रतिशतले घटेको छ । नोभेम्वर ३ तारिख (कारोबार सुरु भएको दिन) मा ११४६ दशमलव १७ विन्दुदेखि नेप्से कारोबार सुरु भएको थियो । तर, यो महिनाको अन्तिम कारोबार हुने दिन अर्थात नोभेम्बर २८ तारिखसम्म आउँदा नेप्से परिसुचक १११२.७९ विन्दुमा खुम्चिएको छ ।
लाभांश वितरण गर्ने समय भएकाले यो समयमा शेयर बजार बढ्ने सम्भावना पनि हुन्छ । तर, अहिले बजार घटेको छ । नोभेम्वरमा अधिकांश दिन शेयर बजारमा गिरावट देखिएको छ । यसरी ठुलो मात्रामा शेयर बजार घटेपछि लगानीकर्ताले ठुलो मात्रामा पैसा गुमाएको आशंका गरिएको छ । 
हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई आम लगानीकर्ताले रुचाएका छैनन् । त्यसैले गर्दा कतिपयले शेयर बजार घटेको विश्लेषण गरेका छन् । तर, शेयर बजार विश्लेषक रविन्द्र भट्टराईले अर्थमन्त्रीका कारण बजारमा ह्रास नआएको बताउछन्  । पुँजी बृद्धिका बिषयमा राष्ट्र बैंकको कम्जोर नीतिका कारण यस्तो समस्य आएको उनको एक आलेखमा पढ्न सकिन्छ । तर, बजार किन घट्यो भन्ने बिषयमा यकिन कारण भने खुलेको छैन । 


६ बर्ष अगाडि

प्रतिक्रिया