काठमाडौं – निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक बर्ष (आव) को पहिलो चौमासिक रू. ८ अर्ब ७२ करोड बीमाशुल्क संकलन गरेका छन् । यो गत आवको भन्दा ११ दशमलव ३९ ले बढी हो । गत आवको समिक्षा अवधीमा बीमा कम्पनीहरुले रू. ७ अर्ब ८२ करोड ८६ लाख बीमाशुल्क संकलन गरेका थिए ।
बीमा समितिको प्रथम चौमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांकअनुसार यस अवधीमा लाख ७२ हजार ८४ ओटा निर्जीवन बीमालेख जारी भएका छन्, जुन गत आवको भन्दा १७.५४ प्रतिशतले बढी हो । गत आवको समिक्षा ६ लाख ५६ हजार ८५८ ओटा बीमालेख जारी भएको थियो ।
हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन् । पछिल्लो समय जीवन बीमा कम्पनीहरुको व्यवसाय उच्च मात्रामा बढेको छ । जीवन बीमा कम्पनीले समिक्षा अवधीमा ३० अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । तर, त्यसको तुलनामा निर्जीवनको व्यवसाय भने अत्यन्त न्यून देखिन्छ । यस अवधीमा जीवन बीमाको व्यवसाय ८७ प्रतिशतले बढेको छ । तर, निर्जीवन बीमाको व्यवसाय १७ प्रतिशतले मात्रा बृद्धि भएको छ ।
निर्जीवन बीमा सम्बन्धी आम मानिसमा अझै जनता चेतना आउन सकेका छैन । त्यसैले गर्दा निर्जीवनको व्यवसाय विस्तार उल्लेख्य नभएको बीमा समितिका अधिकारीहरु बताउछन् । एक अधिकारीले भने, ‘जीवन बीमालाई आम मानिसहरुले बचतको रुपमा लिएका छन् । जीवन बीमामा लगानी फिर्ताको पनि ग्यारेण्टी हुन्छ । तर, निर्जीवन बीमा त्यस्तो छैन । त्यसैलै गर्दा यस प्रति मानिसहरु आर्कषित छैनन् ।’
प्रतिक्रिया