काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारको तर्फबाट सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी स्वयम्ले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि केसीले केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले अनसन तोडाए ।
केसी र सरकारबीच १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याउने लगायतका महत्वपूर्ण बुँदामा सहमति भएका छन् ।
केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सहमति जुटेको थियो ।



प्रतिक्रिया