चन्द्रागिरीमा ढिस्कोले पुरिएर दुईको मृत्यु

६ बर्ष अगाडि

राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित  मातातिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।  

सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुगेको थियो । 

मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुनको रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए । 

उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल कलंकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया