हुण्डी करोबार गरेको आरोपमा दुई जना पक्राउ

६ बर्ष अगाडि

हुन्डी कारोवार गरेको आरोपमा दुईजना पक्राउ परेका छन ।

गैरकानुनी रुपमा हुण्डी कारोवार गरी राजस्व छली गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कामाडौंको न्युरोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कृष्णप्रसाद भट्टराईलाई अन्जनी ओभरसिजका संचालक गोवर्धनप्रसाद सरावगीले हुण्डि गर्न दिएको अवैध ३० लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

सरावगीलाई अवैध रकम ८ लाख १२ हजार नगद र विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया