सरकार र डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ ।
डाक्टर गोविन्द केसी पक्षीय वार्ता टोलीका सदस्य सुरेन्द्र भण्डारीले वार्ता अन्तिम चरणमा पुगेको र सरकारी टोलीले सहमतिका लागि राखेको प्रस्ताव सकारात्मक रहेको बताए । वार्तापछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरु सरकारी टोलीले सहमतिका लागि अघि सारेको प्रस्ताव लिएर डाक्टर गोविन्द केसीलाई भेट्न जान लागेको र उनले सो प्रस्तावमा सहमति जनाए केहि घण्टामै शुभ खबर सुन्न पाइने प्रतिक्रिया दिए ।
उनका अनुसार डाक्टर केसीले सरकारी प्रस्तावका सम्बन्धमा सहमति जनाए प्रधानमन्त्री बालुवाटारमा गएर सहमतिलाई अन्तिम रुप दिने र त्यसपछि केसीको अनसन तोडिने बताए ।
प्रतिक्रिया