ग्लोबल र जनता बैंककाे एकीकृत काराेबार मंसिर २० देखि, २० लाख ग्राहककाे २ खर्ब १० अर्ब निक्षेप

६ बर्ष अगाडि

ग्लोबल आईएई र जनता बैंकले मर्जरमा जान अन्तिम स्विकृती पाएका छन । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिले मर्जरमा जान अन्तिम स्विकृती दिएको हो ।

स्विकृती पाएसंगै मंसिर २० गतेबाट एकीकृत कारोबार गर्ने तयारी रहेको बताईएको छ ।
जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । बैंकले गत आवको वितरणयोग्य नाफाबाट ६ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ ।

बैंकको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ

त्यस्तै ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य नाफाबाट १२.७५ प्रतिशत बोनस दिने प्रस्ताव  गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ हजार ७९० रुपैयाँ पुग्ने छ ।

दुवै बैंक मर्जर  बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया