केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरु बैंक धाउँथे । आजकाल वित्तीय पहुँच सहज भएकाले बैँकर्सहरु आकर्षण नारा दिएर ग्राहकका घरदैलामा पुग्न थालेका छन् । उनीहरुले आफ्ना संस्थाले दिने बचतमा ब्याज,ऋणमा लाग्ने ब्याजदर,लगानीका क्षेत्र,जोखिमको अवस्थाका सम्बन्धमा घरदैलासम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेपछि बैंकप्रतिको विश्वास बढ्दै गएको छ ।
विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्षभन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता छ । नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय वित्तीय सेवा पुर्याउनु केन्द्रीय बैंकको महत्वपूर्ण काम मानिन्छ । ऋणी श्यामसुन्दर श्रेष्ठ भने बैकप्रति अलग्गै धारणा राखछन् ।
उनले शुरु शुरुमा चित्तबुझ्दो गरी सेवाग्राहीलाई रिझाउने र पछि एक वर्ष नपुग्दै कर्जामा चर्का ब्याज वृद्धि र बचतमा कम ब्याज दिएर ग्राहकलाई झुलाइराखेको बताएका छन् ।बैँकको ब्याजमा एकाधिकार रहेको व्यापारी कृष्णसुन्दर माकाजुको भनाइ छ । कुन बैँकमा बचत गर्ने सेवाग्राही रनभुलमा परेका छन् ।
उनले भन्ने । चर्को ब्याजदरको अलवा बैंकहरुले विभिन्न बहानामा सेवा तथा अन्य शुल्क थुपारेर ऋणीहरुको चित्त दुखाइरहेको गुनासो छ । बैँकहरुले व्यापक नाफाआर्जन गरेका छन् । उनीहरुले आफ्नो नाफा विभिन्न पत्रिकामा प्रकाशित गरेर ग्राहकमा आफ्नो विश्वास जमाउन खोजेको देखिन्छ भने अर्कातिर बैँकका प्रमुख कार्यकारीहरुले उल्लेख्य तलब भत्ता बुझिरहेका छन् ।
अर्थशास्त्रका जानकार भवानी खनालका अनुसार वित्तीय सेवामा नागरिकको पहुँच स्थापित हुनु महत्वपूर्ण हो । तर, नागरिकमा वित्तीय सेवाको उपयोग गर्ने चाहना र आवश्यकता दुबै हुनुपर्ने तथा वित्तीय पहुँच सुनिश्चित हुन वित्तीय सेवाको आपूर्ति र माग दुबै पक्ष सुदृढ हुन जरुरी छ भन्नछन् ।
नेपाल जीवनस्तर सर्वेक्षण २०६६–६७ का अनुसार ४० प्रतिशत घरपरिवार ३० मिनेटभित्र वाणिज्य बैंकमा पुग्न सक्ने स्थिति रहेको छ । तर ग्रामीण र शहरी क्षेत्रमा वित्तीय पहुँचमा उच्च भिन्नता देखिएको छ । शहरी क्षेत्रमा ८९ प्रतिशत जनता ३० मिनेटभित्र नजिकको वाणिज्य बैंकको शाखामा पुग्न सक्छन् भने ग्रामीण क्षेत्रमा २७ प्रतिशत जनता मात्र यो समयमा नजिकको वाणिज्य बैंक शाखामा पुग्ने स्थिति रहेको छ ।
एक घण्टाभित्र वाणिज्य बैंक पुग्न सक्ने घरपरिवार तराई क्षेत्रमा ७५ प्रतिशत,पहाडमा ४५ प्रतिशत र हिमालमा १७ प्रतिशत रहेको छ । वाणिज्य बैंकमा पुग्न लाग्ने औसत समय शहरी क्षेत्रमा १६ मिनेट र ग्रामीण क्षेत्रमा १३५ मिनेट रहेको छ ।
सो सर्वेक्षणका अनुसार करीब २० प्रतिशत घरपरिवारले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ । नेपाल राष्ट्र बैँकको सर्वेक्षण अनुसार सन् २०१४ मा कूल वयस्कमध्ये ४० प्रतिशतको बैंक सेवामा पहुँच रहेको देखिएको छ । सर्वेक्षण अनुसार शहरी क्षेत्रका ५६ प्रतिशत र ग्रामीण क्षेत्रका ३६ प्रतिशत वयस्कको बैंङ्किङ सेवामा पहुँच रहेको देखिएको छ ।
विश्व बैंकले अघिल्लो वर्ष गरेको सङ्घीय संरचनामा लघुवित्त सेवाको पहुँचसम्बन्धी अध्ययन अनुसार ८१ प्रतिशत घरपरिवार आधा घण्टा भन्दा कम समयमा कुनै न कुनै वित्तीय संस्थामा पुग्नसक्ने स्थिति देखाएको छ । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ ।
सो अनुसार २०७१ असारमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ ।
२०७५ असारमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ६६५० रहेको थियो ।सरकारले सबै स्थानीय तहमा वाणिज्य बैँकको कम्तीमा एक शाखा पुर्याउने नीति छ । सोअनुरुप २०७६ असारसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार मङ्सिर ४ गते सम्म नेपालभर वाणिज्य बैँकको सङ्ख्या बढेर ७४१ पुगेको बताउँछन् ।
मोबाइल बैंङ्किङ् प्रयोगकर्ताको सङ्ख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करीब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकको प्रयोगकर्ताको सङ्ख्या पाँच लाखबाट बढेर नौ लाख पुगेको छ ।
बैंँक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थामा निक्षेप र कर्जा खाताको सङ्ख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैँक,विकास बैंक र वित्त कम्पनीमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या १३ लाख एक हजार रहेको थियो ।
विसं २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंँक, विकास बैंँक र वित्त कम्पनीमा खोलिएका व्यक्तिगत निक्षेप खाताको सङ्ख्या दुई करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो सङ्ख्या दुई करोड ३५ लाख ४५ हजार रहेको थियो ।
प्रतिक्रिया