वडा सचिव घुससहित अख्तियारको फन्दामा

६ बर्ष अगाडि

गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव दिनेश बाँस्कोटा सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका छन् ।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता गर्न वडा कार्यालय आएका सेवाग्राहीसँग घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

‘घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव दिनेश बास्कोटालाई घुसररिसवत वापतको २५ हजार रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ अख्तियारले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया