काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव दिनेश बास्कोटा घुस सहित पक्राउ परेका छन् ।
घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने कामका लागि रू. २५ हजार घुस लिँदै गर्दा बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
वडा सचिवको रुपमा रहेका खरिदार बास्कोटा घुस लिन वडा नं. ६ को लक्ष्मीनारायण मन्दिर परिसर पुगेका थिए ।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
रङ्गेहात पक्राउ परेका बास्कोटाको अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया