३ महिनामा ३ बैंकिङ अपराधः बैंकहरूको सुरक्षा प्रणाली माथि ठुलो प्रश्न ?

६ बर्ष अगाडि

काठमाडौं – नेपालमा पछिल्लो समय बैकिङ अपराध बढ्दै गएको छ । केन्द्रिय बैंक तथा स्वयम बैकहरूले जतिसुकै सुरक्षाको रणनीति अपनाएको भन्ने गरेता पनि एक पछि अर्काे अपराधिक घटना हुँदै आएका छन् । पछिल्लो तीन महिनामा मात्र नेपाली बैंकिङ क्षेत्रमा ठुला तीन बैंकिङ अपराध हुन भएका छन् । 
 

घटना १
गत भदौ १४ गते शनिबारको दिन थियो । तीजको माहोल भएकाले बैंक लगायतका बिभिन्न क्षेत्रका कर्मचारीहरू अफिसियल काम भन्दा पनि रमाइलो तिर लागेका थिए । सोही अवसरलाई प्रयोग गर्न चिनियाँ ह्याकर समुहले नेपाल प्रवेश गरिसकेका हुन्छन् । शनिबारका दिन नेपालका एटीएम सिस्टम ह्याक गरेर पैसा कुम्लाई भोलि पल्ट नै चिन फर्किने उनीहरुको योजना थियो । 
योननाअुनसार उनीहरुले शनिबार दरवार मार्गको बिभिन्न एटीएम बुथबाट पैसा झिक्न थाले । एटीएमबाट अस्वभाविक रुपमा पैसा गएको देखिपछि नविल, प्रभु बैंक लगायतका कर्मचारीहरु चकित परे । त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खवर गरे । ह्याकर समुह एक सदस्य शनिबार साँझ दरवार मार्गको एक एटीएम बुथाट पैसा झिक्न लागेको थाहा पाएपछि सम्बन्धीत बैंकका कर्मचारीले प्रहरीलाई खवर गरेको थियो। त्यसपछि निज व्यक्तिलाई प्रहरीले एटीएम बुथाट निस्कने क्रममा पक्राउ गर्यो । उसकै बयानको आधारमा तत्काल अन्य ५ जना ह्याकर पनि पक्राउ परे ।
अनुसन्धानको क्रममा उनीहरूले एटीएम ह्याक गरेर रू. १ करोड ७६ लाख झिकेका पाइको थियो । तर, प्रहरीले उनीहरूबाट रू. १ करोड २६ लाख  र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरको छ । साथै, सोही दिन भारतबाट पनि थप रू. १ करोड ६८ लाख रुपैयाँ झिकेको तथ्यांक भिषा कार्डले राष्ट्र बैंकलाई पठाएको थियो । तर, त्यो पैसा कसले कहाँ झिक्यो भनेर पत्ता लागेको छैन । अहिले यो बिषयमा अनुसन्धान भइरहेको छ । कर्मचारीको सक्रियाता एउटा ठुलो गिरोह पक्राउ परेका छ । तर, भारतदेखि झिकिएको पैसा आउने टुंगो भने छैन ।
 

घटना २
यो घटना असोज ८ गतेको हो ।  एटीएम ह्याक प्रकरण सेलाउन नपाउदै पुनः त्यो दिन कृषि विकास बैंक पनि साइवर हमलाको शिकार बन्यो । सो बैंकको लहान शाखाका कर्मचारीको यूजर नेम र पासवर्ड ह्याक गरेर एक समुहले रू. ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गर्यो । 
प्रहरीका अनुसार भारतकोे मुम्बईमा बस्ने पिटर नामक विदेशी नागरिकले नेपालीलाई नै प्रयोग गरेर यहाँको बैंक लुट्ने योजना बनाएका रहेछन् । उनीद्धारा परिचालित १२ जना व्यक्तिहरु बिभिन्न रेमिट्यान्स काउन्टरबाट पक्राउ परे । उनीहरुले बैंकको रेमिट्यान्स सिस्टमबाट एक अर्काको नाममा पैसा पठाउदै झिक्दै गरेका थिए ।
त्यसबेला दैनिक ६० हजार भन्दा बढी रकम पठाउन र झिक्न बन्देज थियो । तर, तोकिएको भन्दा बढी मात्रामा कारोबार भएपछि कर्मचारीहरु चनाखो भए । र, प्रहरीलाई पनि खबर गरे । त्यसपछि प्रहरीले बिभिन्न शुत्र प्रयोग गर्दै उनीहरुको १२ जनाको समुहलाई पक्राउ गर्यो ।  
विशेषगरि नयाँ बानेश्वरस्थित पानस रेमिटको सिस्टमले शंकास्पद कारोबार देखाएपछि यो घटना बाहिर आएको थियो । एक कर्मचारीको नाममा अस्वभाविक रुपमा रू. १२ लाख आएपछि रेमिटले प्रहरीलाई सम्पर्क गरेको थियो । त्यसपछि त्यो रकम निकाल्नेहरु माथि प्रहरीले निगरानी राखेको थियो र सो क्रममा लवाङ तामाङ पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले रू. ४० लाख ५० हजार बरामद गरेको थियो । यस घटनाबारे टप अनुसन्धान जारी छ ।
 

घटना ३ः 
यो घटना पुरानो होइन । बुधबार मात्र यस घटनाको रहस्य बाहिरएको छ । एक गिरोहले जनता बैंकका खातावाल गोपालमान राजवाहकको खाताबाट गत आइताबर मात्र रू. १९ लाख ९९ हजार झिके । उनीहरुको ६ जनाको समुहलाई प्रहरीले पक्राउ पनि गरिसको छ । साथै, उनीहरुले नै मुतिनान विकास बैंकबाट रू. १० लाख झिकेको पनि खुलेको छ । 
गत आइतबार उक्त गिरोहका एक सदस्य राजवाहकको चेक हराएको र मलाइ नयाँ चेकबुक लिन पठाएको भन्दै जनता बैंकको ग्वार्काे शाखामा निवेदन दिए । सो निवदेनको आधारमा बैंकले पनि साझै नयाँ चेकबुक दियो । त्यहीबाट पैसा निकाल्न शंका हुने भएपछि उनीहरुले उक्त बैंकको बानेश्वर शाखाबाट ९ लाख ९९ हजार र न्यूरोड शाखाबाट ५÷५ लाख झिके । 

प्रहरीका अनुसार नयाँ बानेश्वरमा साटिएको चेक तेजबहादुर भुजेलको नाममा एसी चेक काटिएको थियो । जसअनुसार त्यो रकम उनको खातामा जान्छ र त्यहीबाट निकालिन्छ । न्यूरोडमा साटिएको चेक भने रोहित कार्कीको नाममा थियो ।
यो गर्नुभन्दा अघि गिरोहका एक सदस्यले राजवाहकलाई फोन गर्छन, ‘म नेपाल प्रहरीबाट हो, तफाईको मोवाइल ह्याक हुन लागेको छ । आफ गर्नुहोला । हामीलाई अनुसन्धानमा सजिलो हुन्छ ।’ राजवाहकले डराएर मोवाइल अफ पनि गरे । 
जव साझ उनले मोवाइल अन गरे, जनता बैंकको तीन ओटा एसएमएस अलर्ट आयो । पछि हेर्दा पैसा काटिएको रहेछ । 
उनले कसैलाई पनि चेक दिएका थिएनन् । उनले मोवाइल अफ गर भनेर जुन नम्बर देखि फोन आएको थियो, त्यसमै फोन गर्ने प्रयास गरे । तर, लागेन । त्यसपछि उनी प्रहरी शरणमा पुगे । प्रहरीले आवश्यक शुत्र प्रयोग गर्दै अनुसन्धान अघि बढाइ हाल्यो । र बैंकलाई पनि चनाखो हुन भन्यो । 
उनको खातामा २५ लाख रकम थियो । बाँकी रहेका पैसा झिक्न गिरोहका एक सदस्य सोमबार न्यूरोड शाखा पुगे । त्यो व्यक्तिमाथि संका लागेपछि बैंकले प्रहरीलाई खबर गर्यो र प्रहरी त्यही ठाउँबाट मनिष घिमेरलाई पक्राउ गर्यो । निजको माध्यमबाट अन्य पाँच जना पनि पक्राउ परे ।

बैंकिङ सरुक्षा माथि प्रश्न 
यसरी तीन महिनाको समयमा ठुला मात्रामा बैंकिङ अपराध भएपछि बैकिङ क्षेत्रको सुरक्षा प्रणाली माथि नै अहिले प्रश्न उठेको छ । पुर्व बैंकरहरू पनि बैंकको सञ्चालन जोखिम बढ्दै गएको बताउछन् । साथै, प्रहरीले नै बैंकहरुको लापारवाहीका कारण आइतबारको घटना भएको बताएको छ । 
नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि पनि आइरहेको अवस्था छ । यसले दिने सेवासुविधा पनि बढ्दै गएको छ । तर, जोखिम पनि उत्तिकै मात्रामा बढ्दै गएको देखिन्छ । 
तर, राष्ट्र बैंकका अधिकारीहरू भने नेपाली बैंकिङ प्रणाली सुरक्षित भएको दावी गर्दै आएका छन् । चिनियाँ टोलीले एटीएम ह्याक हुदाँदेखि नै राष्ट्र बैंकले नेपालको बैंकिङ प्रणाली सुरक्षित भएको दावी गर्दै आएका छ । तर, त्यसपछि पनि दुई वटा ठुला अपराध भएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया