काठमाडौं – नेपालको बैंक तथा वित्तीय संस्था असुरक्षित हुनुको पछाडि बैंकका कर्मचारीको नै हात रहेको पाइएको छ । गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ लुट्न सफल भयो । त्यसको महिनादिन नबित्दै फेरि असोजको पहिलो साता कृषि विकास बैंकको लहान शाखाबाट पनि ५ करोड रुपैयाँ चोरी भयो । गत आइतबार जनता बैंकमा रहेको व्यक्तिको खाताबाट किर्ते हस्ताक्षर गरी चेकबाट १९ लाख ९९ हजार रुपैयाँ निकालियो । यसबाट कहि न केही बैंकका कर्मचारीको मिलेमतो नै देखिन्छ ।
सोमबार गोपालमान राज वहाकको खातामा बाँकी रहेको ५ लाख निकाल्ने प्रयास गरियो । त्यसको पर्सिपल्ट बुधबार साँझ फेरि मुक्तिनाथ विकास बैंकको खाताबाट सोही गिरोहले १० लाख निकालेको पुष्टि प्रहरीले ेको छ । प्रहरीले यी सबै मुद्दाको छानबिन र अध्ययन अनुसन्धान गरिरहेकै छ । बैंकहरूले पनि आफू कसरी यस्ता घटनाबाट जोगिने भनि थप शतर्कता अपनाएका छन् । बैंकको एटीएम प्रयोग गरेर कृषि विकास बैंकको लाहान शाखाबाट पैसा निकालिएको डेढ महिनाको यो अवधिमा फेरि बैंकमा अर्को लफडा शुरु भएको छ ।
कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमित विपरीत ३३ करोड ९३ लाख रकम बैंकलाई हानी नोक्सानी पुर्याएका छन् । बैंकलाई हानीनोक्सानी पुरयाएको आरोपपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ ।
आयोगले दायर गरेको मुद्दाअनुसार बैंकका कर्मचारीले विप्रेषण रकम समेत नक्कली नागरिकता पेश गरी आफैंले लिएको पाइएको छ । कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेत सम्पूर्ण जिम्मेवारी र दायित्व हुुनुपर्नेमा सो भूमिका समेत निर्वाह नगरेको पाइएको छ । गौतमले झुठा विवरण र नक्कली नागरिकता बनाइ रेमिटबाट आएको रकममा फर्जी कारोबार देखाइ जम्मा गरी अन्यत्र पठाएको पाइएको छ ।
योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ सिष्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याएर बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप उनीमाथि लागेको छ । तेजबहादुर थापा नाम खडा गरी सोही नामबाट नागरिकता र राहदानीसमेत बनाइ बैंकबाट हिनामिना गरेको रकम लिएर विदेश फरार हुने योजनासमेत बनाएको पाइएको छ ।
प्रतिक्रिया