काठमाडौं – हालसम्म ६४ लाख ५३ हजार ७४६ जना नेपाली जनताले जीवन बीमा गरेका छन् । उनीहरुले नेपालका बिभिन्न जीवन बीमा कम्पनीहरूमा यस्तो बीमा गरेका हुन् ।
बीमा समितिको कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आर्थिक बर्षको कात्तिकसम्म ५१ लाख ५२ हजार ३७२ जनाले जीवन बीमा गरेका थिए ।
हालसम्म बीमा कम्पनीहरूले कुल ६७ लाख ९३ हजार ४१७ जीवन बीमालेख जारी गरेका छन् । त्यसमा डुब्लीकेशन हुन सक्ने भएकाले अन्तरराष्ट्रिय अभ्यासअनुसार कुल बीमालेखबाट ५ प्रतिशत घटाएर बीमा पहुँच गणना गरिएको हो । समितिकाअनुसार हाल बीमाको पुहँच २१.५१ प्रतिशत नेपालीमा पुगेको छ ।
यस्तै, उक्त अवधीमा थप १४ लाख ३० हजार २८१ ओटा बैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी भएको समितिको तथ्यांकमा उल्लेख छ । बदैशिक रोजगारबीमा सहित यसको पहुँच २६ प्रतिशत भन्दा बढी जनतामा यसको पुहँच पुगेको छ ।
४ महीनामा ३० अर्ब बीमाशुल्क
यस्तै, बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा रू. ३० अर्ब ३ करोड बीमाशुल्क संकलन गरेका छन् । तथ्यांकअनुसार यो गत आवको समिक्षा अवधीको भन्दा ८७.५५ प्रतिशतले बढी हो । गत आवको अवधीमा रू. १६ अर्ब १ करोड बीमाशुल्क संकलन भएको थियो । हाल नेपालमा १९ बीमा कम्पनी सञ्चालनमा छन् ।
प्रतिक्रिया