हिमालयनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागी मंसिर १५ गतेबाट बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउने भएका हुन ।

कम्पनीले गत वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५२.६३ प्रतिशत नगद लाभांश गरी १०२।६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारीत  गर्न कम्पनीले पुस १ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरण पश्चात पूँजी ५७ करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया