राजतन्त्रको विरुद्ध बोल्दा शाही अभियानबाट निस्कासित

६ बर्ष अगाडि

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाएका छन् ।  

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई हटाउने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

शाहीलाई हटाउनुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया