स्वरोजगारको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

बिहीबार स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयर धनीले मात्र लघुवित्तको लाभांश पाउने भएका हुन ।

लघुवित्तले शेयरधनीलाई २६.७५ प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनका लागि १.४१ प्रतिशत नगद लाभांश गरी २८.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तवित लाभांश पारित गर्न लघुवित्तले यही मंसिर २८ गते साधारण सभा बोलाएको छ ।

हाल २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ चुक्ता पूँजी रहेको  लघुवित्तको बोनस वितरण पश्चात  चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया