आज सम्म कायम शेयरधनीले मात्र गरिमाको लाभांश पाउने

६ बर्ष अगाडि

आज गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेसगैँ बैंकको साधारण सभा प्रयोजनको लागि भोली मंसिर १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुदैँछ । 

जसले गर्दा आज सम्म कायम शेयरधनीले मात्र बैंकको बोनस पाउन लागेका हुन ।

बैंकले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश गरी १७ प्रतिशत लाभांश दिनेछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले २७ गते आफ्नो  तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया