आज नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गर्ने भए पछि आज सम्म कायम शेयरधनीहरुलेमात्र उक्त लाभांश पाउने छन् ।
बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।साधारण सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्न लागेको बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
८ अर्ब ४४ करोड ९२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।
प्रतिक्रिया