काठमाडौं – नक्कली चेक बनाएर अर्काको बैंक खाताबाट लाखौ पैसा झिक्ने ६ जना अभियुक्त प्रक्राउ परेका छन् । महानगरिय प्रहरी परिसर टेकुले उनीहरुलाई पक्राउ गरेको हो । परिसरले बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक पनि गरेको छ ।
पक्राउ पर्नेमा काभ्रपलान्चोकका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बागलुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे छन् । उनीहरुले नक्कली चेक बनाएर हस्ताक्षर मिलाई गोपालमान राजबाहाकको जनता बैंकमा रहेको खाताबाट पटक रू. १९ लाख ९ हजार झिकेको खुलेको छ । राजबाहकले गत आइतबार साँझ मोवाइलमा पटक पटक खाताबाट पैसा काटिएको सुचना आएको थियो ।
तर, उनले कसैलाई पनि आफ्नो चेक दिएका थिएनन् । त्यसपछि उनले प्रहरीलाई सुचना दिए, प्रहरीले बैंक तथा राष्ट्र बैंकका उच्च अधिकारीसँग पनि छलफल गरेको थियो ।
यसैबीचमा राजबाहककै खाताबाट पैसा निकालन एक जना व्यक्ति जनता बैंकको न्यूरोड शाखामा पुगे, त्यो सुचना पाउन साथ प्रहरीले निजलाई नियन्त्रणमा लिएको थियो । र, उसकै माध्यमबाट प्रहरीले अरुलाई पनि नियन्त्रणम लिएको हो ।
उनीहरुबाट रू. १८ लाख ५० हजार नगद बराबद गरिएको छ । साथै, चेकबुक, केवाईसी फर्म पनि फेला परेको प्रहरीको भनाइ छ । यसका अलावा एनआईसी एसिया बैंको भिजा कार्ड, बिभिन्न व्यक्तिको नागरिकताको २९० फोटोकपी, हस्ताक्षरको नमुना लगायतका सामग्री बरामद गरिएको छ । यसका अलावा २६ थान विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर र २ थान व्यक्तिहरूको नाम उल्लेख गरिएको डायरी बरामद गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनीहरु विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा चलाएको छ । र, उच्च अदालतबाट थप अनुसन्धानको लागि सात दिनको म्याद लिइ सकेको छ । खातावालाको मोवाइलमा ८ः३० बजे पैसा काटिएको म्यासेज आएको छ, जुन बैंकिङ भन्दा बाहिरको समय हो । जसअनुसार यसमा संका गर्नुपर्ने बिषय देखिन्छ । तसर्थ, कर्मचारी अनुसन्धानको घेरामा आउन सक्ने देखिन्छ ।
पछिल्लो समय नेपालमा बैंकिङ अपराध बढ्दै गएको देखिन्छ । केही समय अगाडि चिनियाँ ह्याकरले एटीएम सिस्टम ह्याक गरेर करोडौ पैसा झिकेका थिए, जुन अmभै अनुसन्धानको क्रममा छ । साथै, कृषि विकास बैंकका कर्मचारीको युटर नेम ह्याक गरेर पैसा चोरि पनि गरिएको थियो ।


प्रतिक्रिया