काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ढाटेको पाइएको छ । गत असोज २९ गते सम्पन्न सञ्चालक समितिले वितरण गर्ने निर्णय गरेको ३१ दशमलव ५७ प्रतिशत लाभांशबारे स्पष्टिकरण दिएको छ । त्यसबाट सो संस्थाले शेयरधनीलाई ढाटेको पुष्टि भएको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ११.५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। लघुवित्तले २० प्रतिशत बोनस शेयरको अधिकांश हिस्सा शेयर प्रिमियमबाट वितरण गर्ने बताएको छ । अपुग रकम गत आवको मुनाफाबाट वितरण गरिने कम्पनीले जनाएको छ । यो सरासर ढाटिएको हो, एक शेयरधनीले प्रतिक्रिया दिए ।
हाल लघुवित्तको चुक्ता पूँजी रु १० करोड २० लाख रहेको छ । कूल २० प्रतिशतका दरले लघुवित्तले वितरण गर्ने बोनस शेयरको रकम रु २ करोड ४ लाख हुन्छ । सो मध्ये लघुवित्तले रु १ करोड ९ लाख २० हजार ४३१ शेयर प्रिमियमबाट र बाँकी अपुग रु ९४ लाख ७९ हजार ५६९ गत आर्थिक वर्षको खुद मुनाफाबाट वितरण गर्ने जनाएको थियो ।
लघुवित्तले घोषणा गरेको कर सहितको ११.५७९ प्रतिशत नगद लाभांश भने गत आवको खुद मुनाफाबाट वितरण गर्ने जनाएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले कूल रु ४ करोड २९ लाख मुनाफा आर्जन गरेकोमा लाभांश वितरणमा प्रयोग भई बाँकी रहेको २५ प्रतिशत बराबरको रकम सदस्य संरक्षण कोषमा छुट्याउने सहितको प्रस्तावित लाभांश र कोष वासलातमा समायोजन गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेश गरिने लघुवित्तले जानकारी दिएको छ । तर त्यसैमा नै गोलमाल गरिएको पाइएको हो ।
प्रतिक्रिया