राजधानीका १८ बैंकबाट १९ लाखभन्दा बढि चोरी

६ बर्ष अगाडि

राजधानीका विभिन्न बैंकहरुबाट लाखौ रुपैँया चोरी भएको खुलेको छ ।

करिब १८ बैंकबाट १९ लाख भन्दा बढि चोरी भएको पाईएको हो ।

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।
चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने प्रहरीले उनिहरुको साथबाट १९ लाख १९ हजार रुपैँया बरामत पनि गरेको बताएको छ । 
प्रहरीले कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।
पक्राउ परेका सबै नेपाली नागरिक हुन् ।
 रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले बतायो ।

यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ । यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया