सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण र उडानका लागी सतप्रतिशत छुट दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयलले विमानस्थल सञ्चालनको पहिलो बर्षमा पार्किङ शुल्क र सञ्चार तथा सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने तयारी गरेको हो ।
विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन आकर्षक योजना अन्तर्गत उक्त छुट दिने तयारी गरेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो बर्ष पनि ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ ।
मन्त्रालयले यो विमानस्थलमा उडान भर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई छुट प्याकेज दिन निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम नागरिक उड्ययन प्राधिकरणले २०२० डिसेम्बर ३१ सम्ममा आकर्षक प्याकेजको घोषणा गर्ने भएको हो ।
विमानस्थल प्रमुख र अध्यागमनका कर्मचारी तोकिए :
विमानस्थल सञ्चालनका लागी नागरीक उड्डयन प्राधिकरणले त्रिभुवान विमानस्थलका प्रवक्ता रहेका प्रतापबाबु तिवारीलाई विमानस्थल प्रमुखको जिम्वेवारी दिएको छ ।
त्यसैगरी चाडोभन्दा चाडो विमानस्थलमा अध्यागमन कार्यलय सञ्चालनको तयारी समेत थालिएको छ । त्यसका लागि अध्यागमन विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो ।
वैशाखदेखि विमानस्थल सञ्चालनमा :
गौतमबुद्ध विमानस्थललाई नयाँ बर्षभित्रै सञ्चालनमा ल्याउने गरी तयारी तिब्र पारिएको छ ।
सरकारको नेपाल भ्रमण बर्षमा २० लाख पर्यटन भित्राउने लक्ष्य अनुरुप सो लक्ष्यलाई भेट्टाउन
यो विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग बनाईएको छ ।
आयोजना २०१५ मा निर्माण शुरु भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिएको भए पनि विविध समस्याका कारण समयमा आयोजनाले पुरा हुन नसकेको हो ।
गौतमबुद्ध विमानस्थललाई काठमाडौंस्थित त्रिभुवन विमानस्थलको विकल्पका रुपमा उभ्याउने योजना सरकारको छ ।
नेपालमा अहिलेसम्म विमानस्थल सञ्चालन–व्यवस्थापनको काम प्राधिकरण एक्लैले गर्दै आइरहेको छ । यो विमानस्थललाई स्तरोन्नति गर्दै सन् २०३३ मा दैनिक तीनरतीन मिनेटमा आन्तरिक तथा प्रत्येक घन्टामा तीनदेखि चार वटा अन्तर्राष्ट्रिय उडान भर्ने गरी तयारी गरिएको छ ।
दैनिक आन्तरिक उडानबाट एक लाख २० हजार र अन्तर्राष्ट्रिय उडानबाट २० हजार नागरिकले सो विमानस्थल प्रयोग गर्ने लक्ष्य राखिएको छ। सो अवधिमा दैनिक एक लाख ६५ हजार कार्गोसमेत सोही विमानस्थलबाट आयात निर्यात गर्ने हुने प्रक्षेपण गरिएको छ।
यो विमानस्थलमा तत्काल बोइङ ७७७–२००, एयरबस ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन्। लक्ष्यअनुसार पहिलो चरणमा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ भने आन्तरिक यात्रु आवागमन टर्मिनललाई पाँच हजार स्वायर मिटरको बनाइनेछ भने अन्तर्राष्ट्रिय यात्रु कक्षलाई १५ हजार स्क्वायर मिटरमा बढाइनेछ।
दोस्रो चरणमा १६० वटा ट्याक्सी तथा सवारी साधन अटाउने गरी अन्तर्राष्ट्रिय कार पार्किङस्थल बनाइनेछ भने आन्तरिक एप्रोनमा थप चार वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाज पार्किङ गर्न मिल्ने गरी तयारी गरिएको छ । तेस्रो चरणमा ट्याक्सी वेको लम्बाई एक हजार १०० मिटर लामो र २३ मिटर चौडाइको बनाइनेछ । अन्तर्राष्ट्रिय एप्रोन ५७ हजार स्क्वायर मिटरभन्दा बढीको बनाइनेछ भने ट्याक्सी वेको क्षमतासमेत उल्लेख्य मात्रामा विस्तार गरिनेछ।
प्रतिक्रिया