आज लक्ष्मी लघुवित्तको नेप्सेमा शेयरमूल्य समायोजन भएको छ।
लघुवित्तले वितरण गरेको लाभांशको बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।लघुवित्तको शेयरमूल्य समायोजन पश्चात प्रतिकित्ता मुल्य ५९३ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
समायोजित मूल्यलाई आधार मानेर बुधबार नेप्सेमा लघुवित्तको शेयर कारोबार खुल्नेछ। लघुवित्तले प्रदान गर्न लागेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश मंगलबार सम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
२४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया