काठमाडौं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति, तर कहिलेदेखि गर्ने भन्ने बिषयमा अन्योल

६ बर्ष अगाडि

काठमाडौं – नेपाल र चीन जोड्ने काठमाडौं–केरूङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । मंगलवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा भएको नेपाली र चिनियाँ अधिकारी बीचको बैठकमा यस्तो सहमति भएको हो । 
मन्त्रालयका अनुसार चीनको अनुदानमा नै रलमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । तर, सो अध्ययन कहिलदेखिे शुरू गर्ने भनेर मिति भने तय गरिएको छैन । हाल आपसी सहमतीमा त्यसको मिति तय गरिन निर्णय गरिएको छ । 
गत असोज २५ गते नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नै उक्त रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए । त्यसको कार्यान्वयनका लागि सोमबार २१ जनाको चिनियाँ टोली काठमाडौं आएको थिए । बैठकमा दुवै मुलुकको जिम्मेवारी पनि बाँडफाड गरिएको छ । चिनले आफ्नै खर्चमा एरियल म्यापिङ, भौगर्भिक अध्ययनको जिम्मा पाएको छ भने नेपालले बातावरणीय प्रभाव मुल्यांकनका तथा चिनियाँ टोलीलाई सुरक्षा दिने काम गर्नुपर्ने बताइएको छ । 
यो रेलमार्गको निर्माणको संसार कै जटिल कार्य रूपमा हेरिएको छ,  जसअनुसार यस रेलमार्गको विस्तृत रुपमा अध्ययन गरिनुपर्ने बताइएको छ । रेलमार्ग निर्माणका लागि रू. २ अर्ब ५७ अर्ब लाग्ने अनुमान गरिएको छ ।
८० किलोमिटर लामो हुने यस रेलमार्गमा ९८.५ प्रतिशत त पुल र सुरुङ मार्ग मात्र हुनेछ । अबको ९ बर्षमा रेलमार्गको निर्माण सम्पन्न हुने बताइएको छ । चिनीयाँ टोलीले काठमाडौं-पोखरा लुम्बीनि रेलमार्गको पुर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन समेत मन्त्रालयलाइ बुझाएको छ । गत बर्ष कात्तिकमा नै दुवै देशमा प्रतिनिधिले यसको स्थलगत अध्ययन गरिसकेका थिए।

६ बर्ष अगाडि

प्रतिक्रिया