अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरू सहमत, आजदेखि नै फिर्ता हुने

६ बर्ष अगाडि

काठमाडौं - विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरू  सहमत भएका छन् । मंगलबार राती अबेरसम्म शिक्षा मन्त्रालयमा भएको बैठकमा मेडिकल कलेजका सञ्चालक र सरकारबार बीच यस्तो सहमति भएको हो । 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकूलपति धर्मकान्त बाँस्कोटा र निजी मेडिकल कलेज सञ्चालकहरू उपस्थित थिए ।  
उनीहरु बीच अतिरिक्त शुल्क आज (बुधबार) देखि नै फिर्ता गर्ने सहमति भएको छ । सरकारले शैक्षिक सत्र २०७४÷७५ र २०७५÷७६ का लागि गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने बताइएको छ ।
यस्तै, शैक्षिक शत्र २०७२÷७३ र २०७३÷७४ को हकमा भने चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिने बताइएको छ । यसैगरि चालु शैक्षिक शत्रका लागि भने निर्धारित शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया अगाडि बढाइने सहमति भएको छ । 
यस्तै, आगमी शैक्षिक सत्रहरूका लागि भने वैज्ञानिक ढंगले शुल्क निर्धारण गर्न अयोागबाट प्रक्रिया अगाडि बढाइने सहमति भएको छ । 
सरकारले मेडिकल कलेजलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएको थियो । तर, मंगलबार दिउँसो मेडिकल कलेजका सञ्चालकले यस्तो शुल्क फिर्ता नगर्ने प्रतिबद्धता दिएका थिए । यद्यपि, उनीहरु साँझको बैठकमा यस्तो शुल्क फिर्ता गर्न सहमत भएका छन् । योसँगै अब मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन फिर्ता हुने अपेक्षा पनि गरिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया