हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो ।
मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिए। बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ । बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन जिल्लाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।
अदानचुली र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरिने उक्त कार्यमा संलग्न भुवन भण्डारीले बताए। यहाँका विद्यालय र गाउँमा सडक नाटक प्रदर्शन गरिनेछ ।
प्रतिक्रिया