बैंकिङ्ग कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

६ बर्ष अगाडि

बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्धामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई महालक्ष्मी नगरपालिका ४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।  

महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले  जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया