भ्रमण बर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाईने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा)ले स्वयमसेवीकाको रुपमा आफ्ना विद्यार्थीहरुलाई खटाउने भएको हो । त्रिभुवन विमानस्थलले पनि यसमा सहयोग गर्ने बताएको छ ।
प्रयोगात्मक परिक्षाको रुपमा विद्यार्थीलाई स्वयमसेविकाको रुपमा खटाईन लागेको पाटाले जनाएको छ । तीन सिफ्टमा विद्यार्थीहरुलाई खटाईने पनि पाटाले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा कर्मचारी झर्कने, पर्यटकलाई वास्ता नगर्ने गुनासो आउने गर्छ । खासगरी अति भीड हुने समयमा कर्मचारीले व्यवस्थापनमा ध्यान दिन पनि सक्दैनन् ।
अब यसमा विद्यार्थीले सहयोग गर्ने भएका छन् ।
प्रतिक्रिया