आरटिजिएस पूर्ण रुपमा सञ्चालनमाः चेक नकाटी २ लाख सम्म भुक्तानी गर्न सकिने

६ बर्ष अगाडि

रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यस प्रणालीमार्फत २ लाख वा सो भन्दा बढी रकमको कारोबार गर्न मिल्ने नेपाल राष्ट्र बैंकले जनाएका छन् । 

हाल सम्पूर्ण बाणिज्य बैंकहरु यस प्रणालीमा आवद्ध छन् ।

निकट भविष्यमै अन्य बैंक तथा वित्तिय संस्थालाई यस प्राणलीमा आबद्ध गराउँदै लैजाने राष्ट्र  बैंकले जनाएको छ । 

एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो ।

यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुन्छ ।

आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन ।

भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया